टेबलटेनिसमा एलेक्सले जिते स्वर्ण

Read Time:2 Minute

केभीपीपीसीका एलेक्स महर्जनले बृहत खेलकुद महोत्सवअन्तर्गत ललितपुर जिल्लास्तरीय टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा बिहीबार स्वर्ण जितेका छन् ।

ललितपुर जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिताको फाइनलमा एलेक्सले आफ्नै क्लबका सुनिल महर्जनलाई ९–११, ११–९, ७–११, ११–३, ११–५ र ११–५ को सेटमा पराजित गरे ।

अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगितामा सहभागी नभएका खेलाडीको पुरुष सिंगल्स ‘बी’ प्रतिस्पर्धामा सीवाइसीका राजेन्द्रमान श्रेष्ठ पहिलो भए । उनले फाइनलमा एलटीटीसीका सलिम ताम्राकारलाई ११–८, ८–११, ५–११, ११–५ र १२–१० ले हराए । एलटीटीसीका विभूष श्रेष्ठ र सोल्चापूखू स्पोर्ट्सका सुशिल वज्राचार्य तेश्रो भए ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगिताको भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा गोड स्पिनका राजेश्वर महर्जनले फाइनलमा सीवाइसीका राजु शाक्यलाई ११–९, ११–८, ६–११ र ११–७ ले पाखा लगाउदै पहिलो भए । एपीएमका ठाकुर थापा र सीवाइसीका विक्रम श्रेष्ठ तेश्रो बने ।

विजेतालाई नेपाली कांग्रेस ललितपुर जिल्लाका सभापति जितेन्द्र मलेखु, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राज वैद्य र प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्य, ललितपुर जिल्ला टेबलटेनिस क्लबका अध्यक्ष उर्दिप जोशी, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सुदिल शाहीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

तीनदिने प्रतियोगितामा करिब १ सय ८० खेलाडीले विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा गरेको ज्याकी महर्जनले जनाएका छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post जावलाखेलको लागतार दोस्रो जित, एनआरटी २–१ले पराजित
Next post युरोपा लिगमा युनाइटेडको सानदार जित, आर्सनल रोकियो
Close