जुनियर राष्ट्रिय टेबलटेनिस जेठमा

SHARE TO:
Read Time:2 Minute

स्पिन इभेन्ट्सको आयोजनामा प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबलटेनिस प्रतियोगिता जेठ ७ गतेदेखि हुने भएको छ । प्रतियोगितामा ९ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक स्पिन इभेन्ट्सका अध्यक्ष सुमन शाक्यले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

जुनियर ब्वाइज÷गल्र्स, क्याडेट ब्वाइज÷गल्र्स तथा यु–१२ ब्वाइज÷गल्र्स सिंगल्स स्पर्धामा खेल हुने छ । त्यस्तै पुरुष भेट्रान ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथिमा पनि सिंगल्स स्पर्धामा प्रतिस्पर्धा हुने छ । जुनियर÷क्याडेटमा पहिलो हुनेले २० हजार, दोश्रोले १० हजार र तेश्रोले ५÷५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । बाँकी सबै स्पर्धामा शीर्ष तीन स्थान हासिल गर्नेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय÷२ हजार ५ सय रुपैयाँ नगद पुरस्कार हात पार्ने छन् ।

अखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा हुने प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, नेपाल एपीएफ क्लब, जिल्ला र क्लबका करिब ३ सय ५० खेलाडीको सहभागिता रहने प्रा।लि। का सचिव ज्याकी महर्जनले जानकारी दिए । प्रतियोगिता सञ्चालन गर्न करिब ९ लाख रुपैयाँ खर्च हुने बताइएको छ ।

टेबलटेनिस संघका केन्द्रीय अध्यक्ष चतुरानन्न राज वैद्यले जुनियर प्रतियोगिताले भविष्यका प्रतिभावन खेलाडी पहिचान गर्न टेवा मिल्ने धारणा व्यक्त गरे ।

तीनदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने छ । प्रतियोगिताको मुख्य प्रायोजकमा अमेरिका बस्ने श्रवण चिपालु रहेका छन् । स्व। मिलन श्रेष्ठ टेबलटेनिसका पूर्व खेलाडी हुन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
कमेन्ट गर्नुहोस्ः
SHARE TO:
Previous post सिटिजन्स बैंक टेनिसमा राजुको विजयी सुरुआत
Next post सिरि एमा युभेन्ट्सको पुनरागमन जित
Close