पदक विजेता टेबलटेनिस टिमलाई सदस्य सचिवले दिए बधाई

Read Time:2 मिनेट

दक्षिण एसियाली क्याडेट तथा जुनियर टेबलटेनिस प्रतियोगिताका पदक विजेता खेलाडीसहितको टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले बधाई दिएका छन् ।

त्रिपुरेश्वरस्थित राखेपको सभा कक्षामा आयोजित एक कार्यक्रमबीच सदस्य–सचिव घिसिङले टोलीलाई खादासहित मायाको चिनो प्रदान गर्दै आगामी दिनमा अझ सफलताका लागि शुभकामना दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले खेलाडीले आफ्नो कमजोरीलाई सुधार गर्दै आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा अझ गर्विलो उपलब्धी हासिल गर्न अझ मिहिनेत गर्नु पर्नेमा जोड दिए ।

माल्दिभ्सको मालेमा बैशाख २६ देखि २८ गतेसम्म भएको प्रतियोगितामा नेपालले १ रजत र २ कांस्य पदक जितेको थियो । नेपालबाट ४ पुरुष र ३ महिला गरी ७ खेलाडी सहभागी थिए । सबै पदक जित्न सफल भए ।

क्याडेट गल्र्स टिम इभेन्टमा इभाना थापा मगर, वियांका राई र शुभश्री श्रेष्ठले नेपाललाई रजत दिलाए । नेपालसहित ६ राष्ट्र सहभागी उक्त स्पर्धाको सेमिफाइनलमा नेपालले श्रीलंकालाई पराजित गर्दै भारतसंग स्वर्ण भिडन्त पक्का गरेको थियो । फाइनलमा भने भारत विजयी भयो ।

जुनियर ब्वाइज टिममा संयोग कपाली, रुविन महर्जन र प्रिन्स थापाले कांस्य जिते । क्याडेट ब्वाइज डबल्समा प्रिन्स थापा र उज्ज्वल मानन्धरको जोडीले कांस्य चुमे । राउन्ड रोविन लिगका आधारमा भएको दुवै स्पर्धामा नेपालसहित ५ राष्ट्रले भाग लिएका थिए । प्रिन्स बुटवलमा भएकाले कार्यक्रममा उपस्थित हुन सकेनन् ।

टोलीको नेतृत्व अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यले गरे थिए भने व्यवस्थापमा टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्य तथा प्रशिक्षकमा शंकर गौतम र मोहनदास बासुकला रहेका छन् । कम्पिटिसन म्यानेजरमा तेजेन्द्रसिंह महरा थिए । टोली वैशाख २९ गते स्वदेश फर्किएको हो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post डिबालाले युभेन्टस छाड्ने
Next post आर्सनलकाे च्याम्पियन्स लिग सपनामा न्युकासलको धक्का
Close