१८ वर्षीय राडुकानुले जितिन युएस ओपन टेनिस

बेलायती खेलाडी इमा राडुकानुले आइतबार युएस ओपन जितेकी छिन् । यससँगै महिला ग्रान्ड स्लाम उपाधिका लागि बेलायतको ४४ वर्ष लामो प्रतीक्षा सकिएको छ । उनले फाइनलमा लेलाह फर्नान्डेजलाई हराइन् ।

न्युयोर्कमा अविश्वसनीय यात्रा तय गर्ने क्रममा १८ वर्षीया राडुकानुले आफ्नी १९ वर्षीया प्रतिद्वन्द्वीलाई ६–४ र ६–३ ले हराइन् । उपाधि यात्रामा इमाले कुनै पनि सेट गुमाइनन्।

सन् १९७७ मा अन्तिम पटक बेलायती खेलाडी भर्जिना वाडले ग्रान्ड स्लाम उपाधि जितेकी थिइन् । उनी आधुनिक टेनिस इतिहासमा क्वालिफायरका रूपमा ग्रान्ड स्लाम जित्ने पहिलो खेलाडी पनि भएकी छिन् ।

यस्तै सन् २००४ मारिया सारापोभापछि उनी ग्राण्ड्सलाम जित्ने युवा खेलाडीसमेत बनिन् । यसैगरी सन् २०१४ मा सेरेना विलियम्स पछि कुनै सेट नहारी युएस ओपन जित्ने पनि पहिलो खेलाडी बनिन् ।