तेक्वान्दोमा आयुशलाई स्वर्ण

Read Time:2 Minute

बायोका सामुदायिक विद्यालयका आयुश बोहराले कागेश्वरी मनोहरा नगरपालिका नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको तेक्वान्दोतर्फ छात्र ४५ केजीमा बिहीबार स्वर्ण जितेका छन्।

कागेश्वरी मनोहरा नगर खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिताको छात्र ४८ केजीमा श्री आदर्शका महेश आङथुपु तथा ५१ केजीमा अल्पाइन एकेडेमीका आयुश ढुंगेलले स्वर्ण जिते ।

डाँछीस्थित नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए)को हलमा भएको प्रतियोगिताको छात्रा ४० केजीमा कान्ति भैरवकी सुनिता मोक्तान, ४४ केजीमा तेज विनायककी श्रृष्टि लो तामाङ र ४२ केजीमा अल्पाइनकी प्रगति कुइकेलले आ–आफनो प्रतिद्वन्द्वीलाई पराजित गर्दै पहिलो स्थान हात पारे।

विजेतालाई नेपाल तेक्वान्दो संघका उपाध्यक्ष समेत रहेका सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि एकदिने प्रतियोगिताको कागेश्वरी मनोहरा नगरपालिका मेयर कृष्णहरि थापाले उद्घाटन गरेका थिए । प्रतियोगितामा विभिन्न १३ विद्यालयका ३० छात्र र १७ छात्रा खेलाडीले समान ३–३ स्पर्धामा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक एवं तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले जनाएका छन् ।

प्रतियोगिताअन्तर्गत शुक्रबार एथलेटिक्स खेल मुलपानीमा हुँदैछ । छात्र÷छात्रामा ६–६ गरी १२ स्पर्धामा खेल हुने छ। प्रतियोगिता काठमाडौं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डका लागि खेलाडी छनोट गर्न आयोजना गरिएको हो। पहिलो हुने खेलाडी छनोट हुने छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post जुनियर क्रिकेट लिग : एन्जल्स हार्टको विजयी सुरुआत
Next post आर्सनल र युनाइटेड युरोपा लिगको सेमिफाइनलमा, आर्सनले भियारियल तथा युनाइटेडले रोमासँग खेल्ने
Close