
श्रीलंकामा नेपाललाई २ स्वर्ण र एक रजत
श्रीलंकामा मार्च ४ देखि सन्चालन भएको १० औं आईएसकेडीजे कप कराते च्याम्पियनसिपमा नेपाललाई २ वटा स्वर्ण रएक रजत पदक प्राप्त भएको छ । उक्त प्रतियोगितामा ६० किलोमा बुद्धीमान माझी र ८४ किलोमा सोनम बलामीले नेपाललाई स्वर्ण दिलाए।
माझीले भारतसंग २–१, बंगलादेशसंग ३–२ र फाईनलमा श्रीलंका संग १–० अन्तरको जितसंगै स्वर्ण पदक बिजेता बनेका थिए । त्यसैगरी बलामीले भारतसंग ३–२, बंगलादेशसंग २–० र फाईनलमा श्रीलंकासंग ३–२ अंक संगै नेपाललाई स्वर्ण पदक दिलाएका थिए ।
उक्त प्रतियोगितामा सहभागी ऐटनकुमार मल्लले ६७ तौल समुहमा नेपाललाई रजत पदक दिलाउन सफल भए । उनले सेमिफाईनलमा भारतलाई १–० अंकले पराजित गरि फाईनलमा प्रबेश गरेका थिए भने फाईनलमा आयोजक श्रीलंकासंग रेफ्री सुपरलेटिभको आधारमा ३–२ अंकले पराजित हुदै रजत पदकमा चित्त बुझाएका थिए।
४ देश सहभागी उक्त प्रतियोगितामा २ स्वर्ण र १ रजत पदकसंगै नेपाल समुह तेश्रो बन्न सफल भयो । ४ कराते सदस्य टोलीसहित सहभागी भएको उक्त टोलीको नेतृत्व नेपाल सितोरियो कराते संघका सचिव÷प्रवक्ता गजेन्द्रबहादुर खपाङ्गीले गरेका थिए।