आयोजक दिलिप स्मृति टिम च्याम्पियन

Read Time:2 Minute

आयोजक दिलिप स्मृति प्रतिष्ठान चौथो दिलिप स्मृति उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ ।

१० स्वर्ण, ३ रजत र ३ कांस्यसाथ दिलिप स्मृति समग्रमा टिम च्याम्पियन बन्यो । दोश्रो भएको ढल्कोले समान ४–४ स्वर्ण, रजत र कांस्य हात पार्‍यो । २ स्वर्ण, २ रजत र ५ कांस्यसाथ विश्वनिकेतन तेश्रो भयो ।

सिनियरको पुरुषमा दिलिप स्मृतिका शिव श्रेष्ठ तथा ढल्कोका रोशन नेपाली उत्कृष्ट खेलाडी घोषित भए । जुनियरको पुरुषमा सुप्रिमका निश्चल घर्ती मगर तथा महिलामा द गुर्खाकी प्रिस्का मगर उत्कृष्ट चुनिए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा राखेप कार्यकारी समितिका सदस्यद्वय एकेन्द्र कुँवर र नन्दा बस्याल, राखेपका सदस्य सुभाष श्रेष्ठ, १३ औं सागका दोहोरो स्वर्ण विजेताद्वय करातेका मन्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्य, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्का र कोषाध्यक्ष बब्लु सिवाकोटी, तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक दिपेन्द्र ढकाललगायतलाई सम्मान गरिएको थियो ।

दुईदिने प्रतियोगितामा विभिन्न डोजाङ र स्कुल गरी १९ टिमका १ सय २८ पुरुष र ६२ महिला गरी जम्मा १ सय ९० खेलाडी सहभागी थिए । पुरुषमा ११ र महिलामा ९ गरी २० स्पर्धामा प्रतिस्पर्धा भएको प्रतिष्ठानका अध्यक्ष राजेन्द्र खत्रीले जनाएका छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post संकटाले पहिलो पटक जित्यो आहा रारा गोल्डकप, अफ्रिकन रुट्स टाइब्रेकरमा पराजित
Next post टेबलटेनिस खेलाडी अमर सम्मानित
Close