नेपाली तेक्वान्दो टिम युएई प्रस्थान

Read Time:1 Minute

फेब्रुअरी ५ देखि ८ सम्म युएई को फुजराहमा आयोजना हुने १०औं फुजराह ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन २० सदस्यीय नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

सानु महर्जन, सुजन श्रेष्ठ, शिभांगी श्रेष्ठ, सोनम गैरे, सुलभ भण्डारी, राजन भण्डारी, अनुस्का भण्डारी, अस्मिता सुब्बा, प्रनिश गुरुङ, सन्देश गिरी, दीपेश खत्री, सोनिया गैरे, सुष्मा थापा, सुजन सिलवाल र खुसी गौतमले चुनौती प्रस्तुत गर्ने छन् ।

प्रशिक्षकमा नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्यसमेत रहेका बब्लु सिवाकोटी र टिम व्यवस्थापकमा प्रल्हाद थापा र बाबुलाल सुब्बा छन् ।

टोलीलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्शेर राणा र केन्द्रीय सदस्य तथा प्रवक्ता साम्राज्यविक्रम पाण्डेले बिदाइ गरे । राणाले खेलाडीलाई सफलताको शुभकामना दिँदै राष्ट्रको गरिमा उँचो बनाउन आग्रह गरे ।

देशको नाम संसारमा चिनाउने काम खेलाडीले गर्दै आएका छन् । यस प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रको नाम उँचो बनाउन सबै खेलाडीलाई आग्रह गर्दछु’, अध्यक्ष राणाले भने ।

बिदाइ कार्यक्रममा संघका प्रवक्ता पाण्डेले पनि सफलताको शुभकामना दिएका थिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post लखनउमा एसपीएलाई मोस्ट कोपरेटिभ अवार्ड
Next post कप्तान प्रीति भन्छिन्- यू-२० महिला साफमा राम्रो नतिजा ल्याउन टिम तयार छ
Close