°
, June 4, 2023 in
0

ब्राजिलियन डिफेन्डर सिल्भा चेल्सीमा

SHARE:

ब्राजिलियन भेट्रान डिफेन्डर थिएगो सिल्भा इंग्लिस क्लब चेल्सीमा अनुबन्धित भएका छन् । च्याम्यियन्स लिगको फाइलनसँगै पिएसजीसँगको सम्झौता सकिएका सिल्भालाई चेल्सीले फ्रि टान्सफरमा अनुबन्धन गरेको हो ।

३५ वर्षीय डिफेन्डर सिल्भाले चेल्सीसँग एक वर्षको सम्झौता गरेका छन् । उनलाई चेल्सीले थप १ वर्ष सम्झौता नवीरकण गर्ने विकल्प समेत दिएको छ ।

लन्डन क्लब चेल्सीसँग सम्झौता गरेपछि सिल्भाले फ्रान्क लाम्पार्डको टिमको एक हिस्सा हुन पाउँदा खुशी भएको बताएका छन् । सिल्भाले भनेका छन्, ‘चेल्सीमा अनुबन्धित हुँदा खुसी छु । चेल्सीले जुन सम्मान दिएको छ, चुनौती दिन तयार छ ।’

सिल्भाले बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग फाइलनसँगै फ्रेन्च क्लब पिएसजी छाडेका थिए । पिएसजीको कप्तानसमेत रहेका सिल्भाले खेलपछि फ्यानसँग म माफी माग्छु । सबै समर्थनकको मायाको लागि धन्यवाद समेत दिएका थिए । उनले २०२३ को कतार विश्वकपमा पनि खेल्न चाहेको बताएका थिए ।

जुन महिनामै एडिनसन कभानी र थोमस मुनिएरसँगै सिल्भाको सम्झौता सकिएको थियो । तर, सिल्भाले च्याम्पियन्स लिगको नकआउट स्टेज खेल्नलाई २ महिनाको सम्झौता थप गरेका थिए ।

सन् २०१२ मा एसी मिलानबाट पेरिस पुगेका सिल्भाले त्यहाँ रहँदा धेरै उपाधि जितेर समर्थकको मन पनि जिते । ८ वर्ष पीएसजीमा रहँदा उनले ७ पटक फ्रेन्च लिग वान, ६ पटक फ्रेन्च लिग कप, ५ पटक फ्रेन्च कप र ५ पटक फ्रेन्च च्याम्पियन्स ट्रफीको उपाधि जिते ।

सिल्भा चेल्सीले यो सिजन अनुबन्धन गरेका पाचौं खेलाडी हुन् । यसअघि चेलसीले आरबी लेपजिगबाट स्ट्राइकर टिमो वार्नर, आयाक्सका स्ट्राइकर हाकिम जियाज, लेस्टर सिटीका डिफेनडर बेन चिलविल र निसका डिफेन्डर मालङ सारलाई अनुबन्धन गरेको थियो ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *