°
, June 7, 2023 in
0

पिएसजीका थप तीन खेलाडीमा कोरोना संक्रमण

SHARE:

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का थप तीन खेलाडीमा कोरोना संक्रमण देखिएको छ । लिग वानको तयारी थाल्नुअघि गरिएको परीक्षणमा थप तीन खेलाडीको कोरोना संक्रमण देखिएको हो ।

पिएजीले एक विज्ञप्ति निकाल्दै थप तीन जना खेलाडीमा कोरोना संक्रमण पाइएको जनाएको छ । उसले भनेको छ, ‘लिगको तयारी सुरु गर्नुअघि कोरोना परिक्षण गर्दा थप तीन जनामा कोरोना पोजेटिभ देखिएको छ ।’

स्वास्थ्य पोटोकल पुरा गरेर उनीहरु सेल्फ आइसोलेसनमा बसेका पिएजीले जनाएको छ । उनीहरुको स्वास्थ्य सामान्य रहेको बताइएको छ ।

यसअघि नेमार, एन्जेल डि मारिया र लियोनार्दो पेरडेसमा पनि कोरोना संक्रमण पुष्टी भएको थियो । योसँगै पिएसजीका ६ खेलाडीमा कोरोना संक्रमण देखिएको छ । योसँगै पिएसजीका ६ खेलाडीका कोरोना संक्रमण पुष्टी भएको छ ।

दुई साताअघि नै लिग वान सुरु भए पनि पिएसजीले कुनै खेले खेलेको छैन । च्याम्पियन्स लिगका कारण पिएजीको सुरुवाती खेल सारिएको थियो । पिएसजीले च्याम्यिन्स लिगको फाइलनमा जर्मन क्लब बायर्न म्यूनिखसँग १–०ले पराजित भएको थियो ।

पिएसजीले सेप्टेम्बर १० मा रेसिङ लेन्ससँग खेल्दै लिगको सुरुवात गर्ने छ । लिग उद्घाटन खेल पन िकोरोनाबाका कारण रद्द भएको थियो । क्लबमा तीनभन्दा बढीमा कोरोना देखिए खेल रद्ध गर्न सक्ने भएकाले पिएजीको आगमी खेल रद्द हुन सक्ने छ ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *