°
, June 1, 2023 in

थ्री नेसन्स कप विजेताले ५ हजार डलर पाउने, खेल हेर्न ५ सय र हजारको टिकट

SHARE:

भोलिबाट सुरु हुने पप्रधानमन्त्री थ्री नेसन्स कपको विजेताले ५ हजार अमेरिकी डलर प्राप्त गर्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमाबर पत्रकार सम्मेलन आयोजना गर्दै यस्तो जानकारी दिएको हो।

८ देखि १७ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगितामा नेपाल, भुटान र लाओसले प्रतिस्पर्धा गर्ने छ। एन्फाका अनुसार उपविजेताले ३ हजार अमेरिकी डलर प्राप्त गर्ने छ। यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर प्राप्त गर्ने छन् भने प्रत्येक खेलको प्लेयर अफ दी म्याचले २५० अमेरिकी डलर पाउने एन्फाले जनाएको छ।

प्रतियोगिता आयोजनामा कुल १ करोड ७७ लाख ६८ हजार ४ सय ८० रुपैयाँ खर्च हुने अनुमान एन्फाको छ । त्यसमा पुरस्कार वापतको रकम राष्ट्रिय खेलकुद परिषद्ले उपलब्धि गराउने छ।

प्रत्यक्ष खेल हेर्नका लागि एन्फाले साधारण प्यारापिटतर्फ पाँच सय र भीआइपीतर्फ एक हजार रुपैयाँ टिकट मूल्य तोकेको छ।

SHARE: