°
, June 7, 2023 in
0

होफनहाइमसँग हार्‍यो बायर्न

SHARE:

डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा पहिलो हारको सामाना गरेको छ । स्टार स्ट्राइकर लोबर्ट लेवान्डोस्कीलाई आराम दिइएको आइतबार रातिको खेलमा बायर्न होफनहाइमसँग ४–१ ले पराजित भयो ।

घरेलु मैदानमा होफेनहाइमलाई जित दिलाउन आन्द्रेज क्रमारिचले दुई गोल गरे भने इर्मिन बाइकाचिच र मुनास डाब्बुरले एक एक गोल गरे । बायर्नका जोसुवा किमिचले एक गोल फर्काए ।

खेलको १६औं मिनेटमा इर्मिनले गोल गर्दै होफेनहाइमलाई अग्रता दिलाएका थिए । २४औं मिनेटमा डाब्बुरले घरेलु टोलीको अग्रता दोब्बर बनाए । ३६औं मिनेटमा किमिचले गोल गरेपछि बायर्नले खेललाई २–१को अवस्थामा ल्यायो ।

खेलको ७७ औं मिनेटमा क्रमारिचले गोल गर्दै होफेनहाइमलाई ३–१ को अग्रता दिलाए । इन्जुरी समयमा क्रमारिचले नै पेनाल्टीबाट गोल गर्दै होफेनहाइमलाई ४–१ को जित दिलाए । बायर्नका गोलकिपर मानुएल नुएरले डिबक्समा बेबुलाई फउल गरेपछि होफेनहाइमले पेनाल्टी पाएको थियो ।

बायर्नलाई पराजित गरेसँगै होफेनहाइम तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लगातार दोस्रो जित निकालेको होफेनहाइमले २ खेलमा ६ अंक जोडेको छ । पहिलो खेलमा होफेनहाइमले कोएल्नलाई ३(२ ले हराएको थियो । पराजित बायर्नको २ खेलमा ३ अंक रहेको छ । बायर्न तालिकाको छैटौं स्थानमा रहेको छ ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *