सरस्वती क्लबलाई हराउँदै थ्री स्टार दोस्रो स्थानमा, च्यासलको दोस्रो जित

उपाधि दाबेदार ललितपुरको थ्री स्टार क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पाचौं जित निकाल्दै शीर्ष स्थानको मनाङलाई टक्कर दिइरहेको छ । पाचौं जितपछि थ्री स्थार १५ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ ।

लिगमा पाचौं जित निकाल्ने क्रममा थ्री स्टारले सरस्वती युथ क्लबमाथि २–१ जित निकाल्यो । थ्री स्टारलाई जित दिलाउन रञ्जित धिमाल र निराजन खड्काले गोल गरे भने सरस्वतीका लागि भिक्टर आमोबीले गोल गरेका थिए ।

थ्री स्टारविरुद्ध सरस्वतीले खेलको तेस्रो मिनेटमै अग्रता बनाएको थियो । फ्रान्सिस ओनेमाको प्रहार पेनाल्टी क्षेत्रमा पिटर सेगुनले हातले छेकेपछि सरस्वतीले पेनाल्टी पाएको थियो । उक्त मौकालाई भिक्टर अमोबीले गोलमा परिणत गरे । तर, सरस्वतीविरुद्ध थ्री स्टारले १६औँ मिनेटमै बराबरी गोल फर्कायो । थ्री स्टारले पनि पेनाल्टीमार्फत नै गोल फर्काएको थियो । २८औँ मिनेटमा मनीष थापाले गरेको आकर्षक प्रहार क्रसबारमा लागेर बाहिरिँदा सरस्वती अग्रताबाट चुकेको थियो । सरस्वतीविरुद्ध अग्रता बनाउनेक्रममा थ्री स्टारका नीराजन खड्काले ३५औँ मिनेटमा गोल गरे । रञ्जन विष्टको लामो पासमा आकर्षक हेडमार्फत खड्काले गोल गरेका थिए ।

दोस्रो हाफमा दुवै टिमले गोलका केही राम्रा मौका चुकाउँदा थप गोल हुन सकेन । इन्जुरी समयमा थ्री स्टारका सुनील बलले गरेको प्रहार क्रसबारमा लागेर बाहिरियो, रिबाउन्डमा अनिलको प्रयास सफल हुन सकेन । सरस्वती क्लबले लिएको शुरुआती अग्रतालाई उल्ट्याउँदै थ्रीस्टारले नजिता आफ्नो पक्षमा पारेको हो । थ्री स्टारविरुद्ध सरस्वतीले खेलको तेस्रो मिनेटमै अग्रता बनाएको थियो ।

फ्रान्सिस ओनेमाको प्रहार पेनाल्टी क्षेत्रमा पिटर सेगुनले हातले छेकेपछि सरस्वतीले पेनाल्टी पाएको थियो । उक्त मौकालाई भिक्टर अमोबीले गोलमा परिणत गरे । तर, १६औं मिनेटमै पेनाल्टीमै रञ्जित धिमालले गोल गर्दै खेललाई बराबरी लाए ।
सरस्वतीविरुद्ध अग्रता बनाउनेक्रममा थ्री स्टारका नीराजन खड्काले ३५औँ मिनेटमा गोल गरे । रञ्जन विष्टको लामो पासमा आकर्षक हेडमार्फत खड्काले गोल गरेका थिए । दोस्रो हाफमा दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल थ्री स्टारले २–१ जित्यो ।

च्यासलको दोस्रो जित
च्यासल युथ क्लबले ए डिभिजन लिगमा दोस्रो जित हात पारेको छ । दोस्रो जित हात पार्ने क्रममा उसले हिमालयन शेर्पा क्लबलाई २–१ पराजित गर्‍यो । खेलको १५औं मिनेटमा त्रिदेश गुरुङको गोलबाट हिमलायन शेर्पाले अग्रता लिएको थियो । च्यासलका लागि खेलको ५६ औं मिनेटमा सन्तोष साहुखलले बराबरी गोल फर्काए ।

७३ औं मिनेटमा शेर्पाका लागि निरज बस्नेतले आफ्नै पोस्टमा गोल गरेपछि खेलमा च्यासलले अग्रता लिएको थियो । जितसँगै च्यासल ६ खेलबाट ७ अंक जोड्दै सातौं स्थानमा उक्लिएको छ । हिमालयन शेर्पा भने १० अंक जोडेर छैटौं स्थानमा छ ।