ललितपुर डर्बी थ्री स्टारका लागि ‘घातक’

ललितपुरको थ्री स्टार क्लब सहिद स्मारक ए डिभिजन लिगको सफल क्लबमध्येमा पर्छ । उ ए डिभिजन लिगको सँधैको दाबेदार टिम हो।

त्यही क्लब थ्री स्टारलाई यो पटक उपाधि यात्रामा ललितपुरे क्लब नै घातक बनिरहेका छन् । लिगका सुरुआती तीनै चरणमा ललितपुरे क्लबसँगै भिडेको थ्री स्टारले तीन खेलमा ४ अंक मात्र जोड्न सकेको छ।

पहिलो खेलमा च्यासल युथ क्लबमाथि ३–०ले पराजित भएको थ्री स्टार दोस्रो खेलका अर्को ललितपुर क्लब सातदोबाटोसँग १–०ले पराजित भएको थियो । ‘शुक्रबार भएको तेस्रो चरणको पहिलो खेलमा थ्री स्टार फ्रेन्ड्स क्लबसँग १–१ गोलको बराबरीमा रोकियो।

अझै थ्री स्टारले दुई ललितपुर डर्बी खेल्न बाँकी छ। उसले बोइज युनियन र जावलाखेल युथग क्लबविरुद्ध पनि राम्रो नतिजा निकाल्न नसके थ्री स्टार उपाधि होडबाट बाहिरिने निश्चित छ।

पहिलो गोलरहित बराबरीमा सकिएको खेलमा सुरुआती अग्रता फ्रेन्ड्सले लियो। ५१ औं मिनेटमा कप्तान कप्तान प्रकाश बुढाथोकीको पासमा नाथनियल जुड ग्रासियाले हेडमार्फत गोल गर्दै अग्रता दिलाएका थिए।

८३ औं मिनेटमा थ्री स्टारले बराबरी गोल फर्कायो । उसका मिक्छेन तामाङले पेनाल्टी बक्समा फ्रेन्ड्सका खेलाडीले क्लियर गर्न नसकेको बलमा गोल गरेका थिए । त्यसपछि गोल नहुँदा खेल बराबरीमा सकियो।

थ्री स्टार ३ खेलबाट ४ अंक जोडेर दोस्रो स्थानमा उक्लेको छ । उता सिजनको दोस्रो बराबरी खेलेको फ्रेण्ड्सले ३ खेलबाट २ अंक जोडेको छ।