टाइगर कप भलिबल : उपाधिका लागि एपिएफ र गण्डकी प्रदेश भिड्ने

Read Time:2 Minute

टाइगर कप भलिबल च्याम्पियनसिको पुरुषतर्फको उपाधिका लागि विभागीय टोली एपीएफ क्लब र गण्डकी प्रदेश आमने(सामने हुने भएका छन् । साविक विजेता त्रिभुवन आर्मी क्लब सेमिफाइनलबाटै बाहिरियो।

पोखरा रंगशालाको कोर्टमा शुक्रबार भएको सेमिफाइनलमा गण्डकीले त्रिभुवन आर्मीलाई सोझो सेटमा पराजित गरेको हो । दुई विदेशी खेलाडी सम्मिलत गण्डकीले सुरुवातदेखि नै उत्कृष्ट प्रदर्शन गरेको थियो।

पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पार्यो । दोस्रो सेटमा आर्मीले खेलमा फर्कने प्रयास गरेको थियो तर सफल भएन् । गण्डकीले आर्मीले बनाएको १७–१५ को अग्रता उल्ट्याएको थियो । यो सेट २५–२३ ले नै जितेपछि गण्डकी बलियो स्थितिमा पुग्यो।

तेस्रो सेट भने २५–१६ ले जित्दै गण्डकीले फाइनलमा स्थान बनायो । जारी प्रतियोगितामा आर्मी गण्डकीसँग दोस्रोपटक पराजित भएको हो । लिग चरणणमा गण्डकीले पाँच सेटको जित हात पारेको थियो ।

आर्मी टाइगर कपमा पहिलोपटक फाइनल पुग्न असफल भयो । पहिलो संस्करणमा आर्मीलाई नै हराएर गण्डकी च्याम्पियन भएको थियो । अघिल्लोपटक फाइनलमा आर्मीले हेल्प नेपाल स्पोर्टसलाई हराउँदै उपाधि जितेको थियो ।

यस्तै एपीएफले पनि सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई सोझो सेटमै पराजित गरेको हो । एपीएफले पहिलो सेट २५–१० ले जितेको थियो । केही प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट २५–२१ ले जित्यो ।

कुनै पनि खेलमा उल्लेख्य प्रदर्शन गर्न नसकेको पुलिसले तेस्रो सेट पनि एपीएफलाई १८–२५ ले सुम्पियो । एपीएफ अपराजित रहँदै फाइनल पुगेको हो । फाइनल शनिबार हुनेछ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post राष्ट्रिय टिममा तीन नयाँ अनुसार, शरद र सिद्धान्तको पुनरागमन
Next post आईसिसीको प्रतिष्ठित अवार्ड पाएका आसिफ भन्छन्– पुरै देशलाई खुसी दिन सकेँ, गर्व महसुस भइरहेको छ
Close