एपिएफ र आर्मी राष्ट्रिय क्लब भलिबलको फाइनलमा

विभागीय टिम एपीएफ पोखरामा जारी टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबलको फाइलनमा प्रवेश गरेको छ । शुक्रबार पोखरा रंगशालामा भएको सेमिफाइनलमा न्यू डाइमन्ड स्पोर्टस क्लबलाई ३–०को सोझो सेटमा हराउँदै एफिाइला प्रतियोगिताको महिलातर्फ फाइलनमा प्रवेश गरेको हो।

न्यु डाईमण्डमाथि एपिएफले २५–२१, २५–२१ र २५–२३को सेटको जित निकाल्यो । अब एपीएफले उपाधिका लागि अर्को विभागीय टिम नेपाल पुलिस क्लबसँग खेल्नेछ ।

यसैगरी शुक्रबार नै भएको खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै त्रिवुभन आर्मी क्लब पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ । आर्मीले पनि पुलिसमाथि ३–०को सोझो सेटले हरायो ।

आर्मीले पुलिसमाथि २६–२४, २५–२२ र २५–१४ को सेटमा जित निकालेको थियो । अबब आर्मीले उपाधिका लागि गण्डकी प्रदेशसँग खेल्ने छ । गण्डकी भने एफिएफलाई हराउँदै फाइनल पुगेको हो । उसले एपिएफमाथि २५–२१, २९–२७ र २५–१५को जित निकालेको थियो ।

प्रतियोगिताको दुवै विधाका विजेताले समान १ लाख ५० हजार, उपविजेता ७५ हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, सर्वोत्कृष्ट खेलाडीले २० हजार प्राप्त गर्नेछन् भने विधागतरुपमा उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.