कार दुर्घटनामा टाइगर उड घाइते

गल्फका स्टार खेलाडी टाइगर उड्स सडक दुर्घटनामा परेका छन् । अमेरिकी गल्फर उड्स क्यालिफोर्नियाको लस एन्जल्समा कार दुर्घटनामा परेर घाइते भएका हुन् ।

उडको खुट्टामा गम्भीर चोट लागेको बताइए छ । उनको खुट्टाको शल्यक्रिया भइरहेको अन्तर्राष्ट्रिय समातार एजेन्सीहरुले जनाएका छन्। प्रारम्भिक रिपोर्ट अनुसार तीव्र गतिका कारण उनको दुर्घटना भएको बताइएको छ । उनको कारण सडकबाट उछिटिएर तल झरेको प्रत्यक्षदर्शीहरुले बताएका छन्।

गल्फको मुख्य प्रतियोगितामा १५ पटकको च्याम्पियन उडको दुर्घटनाबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ। उनको कारको अगाडि र पछाडिको भाग क्षतिग्रस्त बनेकोछ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.