टाइगर्स कप भलिबल : महिलातर्फ विभागीय टिम विजयी

Read Time:1 मिनेट

दोस्रो संस्करणको टाइगर कप राष्ट्रिय आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगितामा बुधबार महिलातर्फ विभागीय टिम एपीएफ र नेपाल पुलिस क्लब विजयी भएका छन्।

पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा भएको खेलमा एपीएफले न्यू डायमण्डलाई ३–२ले हरायो । खेलमा न्यू डायमण्डले अग्रता बनाए पनि अन्तिम दुई सेट लगातार जित्दै एपीएफले खेल आफ्नो पक्षमा परेको हो ।

पहिलो सेट न्यू डायमण्डले २५–२१ ले जितेको थियो भने दोस्रो सेटमा एपीएफले २५–२१ ले नै जित्यो। तेस्रो सेट न्यू डायमण्डले २५–१० ले सहजै जित्यो। त्यसपछि चौथो र पाँचौं सेट एपिएफले २५–१२ तथा १५–८ ले जित्दै खेल आफ्नो पक्षमा पा¥यो।

पहिलो हार व्यहोरे पनि न्यू डायमण्डले ३ खेलबाट ७ अंक जोडेको छ र शीर्षस्थानमा छ । दोस्रो जितपछि एपीएफले ३ खेलबाट ५ अंक जोडेको छ ।

यस्तै बुधबारै भएको महिलातर्फको पहिलो खेलमा साविक विजेता नेपाल पुलिस क्लबले आयोजक टाइगर ग्रुपलाई सोझो सेटमा हरायो । पुलिसले राष्ट्रिय टिमकी कप्तान अरुणा शाहीको नेतृत्वमा रहेको टाइगर टिमलाई २५–२०, २५–१७,२५–२२ ले हरायो ।

पहिलो खेलमा एपिएफसँग पराजित भएको पुलिसको यो पहिलो जित हो। उता टाइगर ग्रुपको यो लगातार दोस्रो हार हो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post एल क्लासिको कसको पोल्टामा बार्सा या रियल ?
Next post आईपिएलमा फर्कँदै स्टार्क
Close