°
, May 30, 2023 in

कसले जित्ला तिलोत्तमा गोल्डकप मनाङ या सुदूरपश्चिम?

SHARE:

२२औं संस्करणको तिलोत्तमा गोल्डकपको उपाधिको छिनोफानो शनिबार लाग्दैछ। बुटबलमा शनिबार हुने फाइनलमा उपाधिका एडिभिजन क्लब मनाङ मर्स्याङ्दीले सुदूरपश्चिम–११ को सामाना गर्ने छ।

सुदूरपश्चिम थ्री स्टारलाई हराउँदै फाइनलमा पुगेको हो भने मनाङ फ्रेण्ड्स क्लबलाई हराउँदै फाइनल पुगेको हो।

मोफसलको पुरानो मानिने तिलोत्तमा गोल्डकपको स्थापना तत्कालीन बुटवल नगरपञ्चायतले २०३१ सालमा गरेको थियो। तर प्रतियोगिता भने गोल्डकप स्थापना गरेको दुई वर्षपछि २०३३ सालदेखि मात्र सुरू गरियो।

फाइनलअघि भएको प्रिम्याच कन्फेरेन्समा दुवै टिमले उपाधी जित्ने दाबी गरेका छन् । यद्यपि सुदूरपश्चिमका प्रशिक्षक अनिल कठायतले मनाङ पुरानो ए डिभिजन क्लब र भर्खरै मात्र मकवानपुर गोल्डकपको उपाधि जितेकाले दबाब महसुस गरेको स्वीकारेका छन् ।

‘हामीले पक्कै पनि दबाब महसुस गरेका छौं तर युवा खेलाडीले भरिएको टिम भएकाले उच्च मनोबलका साथ खेल्छौं,’ कठायतले भने, ‘दर्शकको सपोर्ट हामीलाई छ, त्यसले पनि जितका लागि ऊर्जा दिनेछ।’

मनाङका टिम म्यानेजर शिव लामाले राष्ट्रिय टिममा खेलेका अनुभवी खेलाडी भएकाले उपाधि जित्नेमा ढुक्क भएको बताए । ‘हामीले सुदूरपश्चिमलाई कमजोर टिम ठानेका छैनौं, तर उपाधि जित्नेमा कन्फिडेन्ट छौं ।’

गोल्डकपको विजेताले ११ लाख ११ हजार १११ रुपैयाँ, उपविजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कार पाउने छन् ।

SHARE: