थ्री स्टार तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

Read Time:2 Minute

ए डिभिजन लिगमा खराब प्रदर्शन गरिरहेको थ्री स्टार क्लब थ्री स्टार क्लब बुटवलमा जारी २२ औं तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

बुटवल देविनगरस्थीत एन्फा एकेडेमीको खेल मैदानमा आइतबार भएको प्रतिष्प्रर्धात्मक दोस्रो खेलमा हिमालयन शेर्पा क्लबलाई १ शून्य गोलले पराजित गर्दै थ्री स्टारले सेमिफाइनलको यात्रा तय गरेको हो।

पहिलो हाफ गोल रहित बराबरीमा टुंगिए पनि दोश्रो हाफमा थ्री स्टारका दिपेश गुरुङले गोल गरेका थिए। दोस्रो हाफमा मैदान प्रवेश गरेका मिन धिमालको उत्कृष्ट पासमा गुरुङले गरेको एकमात्र गोल नै थ्री स्टारलाई सेमिफाइनलमा पुर्‍याउने निर्णायक गोल बन्न पुग्यो।

आइतबारको खेलमा थ्री स्टार र हिमालयका खेलाडीले एकएक वटा पहेंलो कार्ड पाए। खेलको पहिलो हापमा थ्री स्टारका पिटर सेगनले पहेंलो कार्ड पाए भने दोश्रो हाफमा हिमालय शेर्पाका बिसन लिम्बुले पहेंलो कार्ड पाए।

प्रतियोगितमा थ्री स्टारका लकिन लिम्बु म्यान अफ दी म्याच घोषित हुँदै नगद ११ हजार १११ नगद पुरस्कार प्राप्त गरे।

जिल्ला फुटबल संघ रुपन्देहीको आयोजनामा संचालित गोल्डकप प्रतियोगितामा दुई विभागीयसहित ८ टिमको सहभागिता छ। सोमबार फ्रेन्ड्स क्लब र नेपाल सशस्त्र प्रहरी क्लबका बीच खेल हुने छ।

चैत ११ गतेसम्म चल्ने प्रतियोगितामा विजेताले गोल्डकप सँगै ११ लाख ११ हजार १११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ। त्यस्तै उपविजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
100 %
Previous post अस्ट्रेलियासँग भारतको लज्जास्पद हार
Next post एल क्लासिकोमा बार्सिलोनाको जित, शीर्ष स्थानमा १२ अंकको अग्रता
Close