लन्डन क्लब चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ । स्ट्राइकर द्वय ओलिभर जिरुड र टिमो वार्नरको गोल मद्दतमा चेल्सीले घरेलु मैदान स्टामफोर्ड ब्रिजमा न्युकासलमाथि २–०को जित निकाल्यो ।
घरेलु मैदानमा ३१औं मिनेटमा जिरुडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । ३९औं मिनेटमा वार्नर गोल गरेपछि चेल्सीले पहिलो हाफमै २–०को अग्रता लियो। दोस्रो हाफमा कुनै गोल नहुँदा चेल्सी विजयी भयो।
थोमस टुचेल प्रशिक्षकका रुपमा आएपछि चेल्सीले सबैप्रतियोगितामा गरी लगातार ५ जित निकलोको छ भने इपिएपलमा लगातार ४ जित निकलोको छ । टुचेल फ्र्यांक लाम्पार्टको स्थानमा चेल्सी आएका हुन्।
यसैगरी सोमबार राति नै भएको अर्को खेलमा वेस्टह्याम विजयी भएको छ। वेस्टह्यामले सेलिगेसन जोनको सेफिल्ड युनाइटेडमाथि ३–०को जित निकाल्यो।
जितसँगै चेल्सी लिगको चौंथो स्थानमा उक्लिएको छ । चेल्सीले २४ खेलमा ४२ अंक जोडेको छ । न्युकासल २५ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।