°
, June 7, 2023 in

क्रोएसियासँग हारेपछि टिटेले छाडे ब्राजिलियन टिम

SHARE:

ब्राजिलियन टिमका मुख्य प्रशिक्षक टिटेले राजीनामा दिएका छन्। कतार विश्वकपमा टिम क्वार्टरफाइनलमै पराजित भएपछि उनले राजीनामा दिएका हुन्।

शुक्रबार राति भएको खेलमा ब्राजिल क्रोएसियासँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजीत भएको केही समयपछि नै टिटेले ब्राजिलियन टिम छाड्ने घोषणा गरे। टिटेले यसअघि नै विश्वकपपछि टिम छाड्ने बताइसकेका थिए।

‘ब्राजिलियन टिममा मेरो एउटा चक्र सएिको छ। र, म मेरो वचनमा अडिक छु,’ राजीनामा घोषणा गर्दै टिटेले भने, ‘मलाई प्रतिस्थापन गर्न अन्य उत्कृष्ट प्रशिक्षकहरु पनि तयार छन्।’

६१ वर्षीय टिटे ६ वर्षअघि ब्राजिलिय टिमको मुख्य प्रशिक्षक बनेका थिए। उनको नेतृत्वमा ब्राजिलले दुई विश्वकप खेल्यो तर, दुवैमा क्वार्टरफाइनलमै रोकियो।

उनको प्रशिक्षणमा ब्राजिलले गज्जबको फुटबल खेलेको छ । तर, मुख्य प्रतियोगितामा भने ब्राजिललाई उपाधि दिलाउन असफल भए। टिटे आएयता ब्राजिलले ८१ खेलमा ६० जित निकाल्दा १५ बराबरी खेलेको छ। उसले ६ खेल मात्र हारेको छ।

SHARE: