३७ वर्षीय टेडेस्को बने बेल्जियमको मुख्य प्रशिक्षक

Read Time:1 Minute

डोमेनिको टेडेस्को बेल्जियमको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। बेल्जियन फुटबल संघले ३७ वर्षीय टेडेस्कोलाई बुधबार मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो।

टेडेस्कोले कतार विश्वकपमा खराब प्रदर्शन गरेसँगै बर्खास्तीमा परेका रोबर्टो मार्टिनेजको स्थान लिने छन्। उनले बेल्जियमसँग सन् २०२४ सम्मको सम्झौता गरेका छन्।

बेल्जियमको प्रशिक्षक बन्न पाउनु ठूलो सम्मान रहेको टेडेस्कोले बताएका छन् । उनले भनेका छन्, ‘बेल्जियमको मुख्य प्रशिक्षक बन्नु ठूलो सम्मान हो । म यो कामका लागि उत्साहित छु।’

जर्मन क्लब आरबी लाइपजिगका पूर्वप्रशिक्षक टेडेस्कोले पहिलो पटक राष्ट्रिय टिमको जिम्मेवारी सम्हालन लागेका हुन्। उनीसँग साल्का र स्पार्टाक मस्कोमा समेत प्रशिक्षकको रुपमा काम गरेको अनुभव छ।

टेडेस्कोको प्रशिक्षणमा बेल्जियमले पहिलो खेल युरो २०२४ छनोट अन्तर्गत मार्च २४ मा स्वीडेन विरुद्ध खेल्ने छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post सन् २०३०को विश्वकपका लागि अर्जेन्टिना, उरुग्वे, पाराग्वे र चिलीको संयुक्त प्रस्ताव गर्ने तयारी
Next post उर्जन श्रेष्ठ बने फ्रेन्ड्स क्लबको मुख्य प्रशिक्षक
Close