टोक्यो ओलम्पिकमा विदेशी दर्शकलाई प्रतिबन्ध

आसन्न टोकियो ओलम्पिकमा विदेशी दर्शकलाई प्रतिबन्ध लाग्न सक्ने भएको छ। जापान सरकारले कोरोनाको संभावित संक्रमणलाई मध्यनजर गर्दै विदेशी दर्शकलाई ओलम्पिकमा प्रवेश नगराउने निर्णय गर्ने तयारी गरेको छ। यस्तो निर्णय भए टोकियो ओलम्पिकका सम्पूर्ण खेल विदेशी दर्शकले घरमै टिभीमा हेर्नुपर्ने छ।

औपचारिक निर्णय नभएपछि यो विषयमा आगामी महिला अन्तिम निर्णय गरिने आयोजकले जनाएको छ। प्रतियोगिताका बेला सीमित घरेलु समर्थकलाई पनि प्रवेश दिइने बताइएको छ। खेलका बेला कति दर्शकलाई प्रवेश गराउने भन्ने निधो हुन बाँकी रहेको छ ।

अन्तराष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाकले बुधबार टोकियो ओलम्पिक आयोजक प्रमुखसँग अनलाइनमा गरेको छलफलमा विदेशी दर्शकलाई प्रवेशमा रोक लगाउनेमा निचोड निकालेको बताइएको छ।

यसका साथै विदेशी खेलाडी, प्रशिक्षक अफिसियल र मिडियाले जापान पुगेपछि क्वारेन्टिनमा बस्न नपर्ने भएको छ । तर, त्यसका लागि कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ भएको देखाउनु पर्नेछ ।

कोरोनाका कारण आपतकालिनको अवस्था टोकियोमा आइतबारबाट हटाइने भएको छ । त्यसको एक महिनापछि विदेशी खेलाडीले जापानमा प्रशिक्षणका लागि जान पाउने बताइएको छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.