१७ दिनसम्म जापानको टोक्योमा चलेको खेलकुदको महाकुम्भ ओलम्पिक आजबाट सकिएको छ। टोक्योमा आइतबार साँझ भव्य समारोहबीच ओलम्पिकको समापन भएको हो।
ओलम्पिक पदक तालिका अन्तिम दिन चीनलाई उछिन्दै अमेरिका शीर्ष स्थानमा रह्यो उसले ३९ स्वर्ण, ४१ रजत र ३३ कास्य करी कुल ११३ पदक जित्यो । यस्तै, प्रतियोगिता अवधिभर शीर्ष रहेको चीन दोस्रो भयो । उसले ३८ स्वर्ण, ३२ रजत र १८ कास्यसहित ८८ पदक जित्यो।
यसैगरी पदक तालिकाको तेस्रो स्थानमा आयोजक जापान रह्यो । घरेलु भूमिका फाइदा उठाएको उसले इतिहासकै सर्वाधिक २७ स्वर्ण जित्यो । उसले १४ रजत र १७ कास्यसहित कुल ५८ पदक दित्यो । २२ वर्ष, २१ रजत र २२ कास्यसहित ६३ पदक जितेको ग्रेड ब्रिटेन चौथो स्थानमा रह्यो।
पदक तालिकाको पाँचौं स्थानमा रहेको दक्षिण कोरियाले २० स्वर्ण, २८ रजत र २३ कास्यसहित कुल ७१ पदक जित्यो । यस्तै, १७ स्वर्ण, ७ रजत र २२ कास्य जितेको अस्ट्रेलिया छैठौं स्थानमा रह्यो ।
यसैगरी पदक तालिकाको सातौं स्थानमा नेदरल्यान्ड्स रह्यो । उसले १० स्वर्ण, १२ रजत र १४ कास्य गरी कुल ३६ जित्यो। आठौं स्थानमा रहेको फ्रान्सले १० स्वर्ण, १२ रजत र ११ कास्य गरी कुल ३३ पदक जित्यो ।
नवौं स्थानमा रहेको जर्मनीले १० स्वर्ण, ११ रजत र १६ कास्य गरी कुल ३७ पदक जित्दा दशौं स्थानमा रहेको इटालीले १० स्वर्ण, १० रजत र २० कास्य गरी कुल ४० पदक जित्यो।
हेर्नुहोस् पदक तालिका
