ओलम्पिकमा सहभागी खेलाडी तथा पदाधिकारीलाई राष्ट्रपतिले गरिन् बिदाइ

टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिदाई गरेकी छन् । शीतल निवासमा बिहीबार राष्ट्रपति भण्डारीले जापानमा हुने ओलम्पिकमा सहभागी हुने टोलीलाई शुभकामना दिंदै बिदाई गरेकी हुन् ।

विश्व खेलकुदको महाकुम्भ ओलम्पिक यही जुलाई २३ देखि अगष्ट ८ सम्म जापानमा आयोजना हुँदैछ । ओलम्पिकमा सहभागी हुन नेपालबाट खेलाडी र प्रशिक्षकसहित २६ सदस्यीय टोली टोकियो जाँदैछ ।

ओलम्पिकमा नेपालबाट पौडीका गौरिका सिंह र एलेक्स शाह, सुटिङकी कल्पना परियार, जुडोका सोनिया भट्ट र एथ्लेटिक्सकी सरस्वती चौधरीले सहभागिता जनाउनेछन् ।

ओलम्मिकको उद्घाटन मार्चपासमा पौडी खेलाडी द्वय पौडीका गौरिका र एलेक्सले नेपाली झण्डा बोक्ने छन्।

Facebook Comments Box