ओलम्पिकमा कुनकुन देशले कति पदक जिते? (सूचीसहित)

जापानको टोक्योमा जारी ओलम्पिक २०२० मा हालसम्म ९५ स्वर्ण पदक विजेताको टुंगो लागिसकेको छ। अहिलेको अवस्थामा आयोजक राष्ट्र जापान पदक तालिकाको शीर्षस्थानमा रहेको छ भने दोस्रो स्थानमा चीन र तेस्रोमा संयुक्त राज्य अमेरिका छन्।

यो समाचार तयार पार्दासम्म शीर्षस्थानमा रहेको जापानले १३ स्वर्ण पदक जितेको छ। ४ रजत र ५ कास्य पनि जितेको जापानले कुल पदक २२ वटा पदक जितेको छ।

यस्तै, दोस्रो स्थानमा रहेको चीनले १२ स्वर्ण पदक हात पारेको छ। ६ रजत र ९ कास्य पदक पनि जित्न सफल चीनले कुल २७ पदक जितेको छ। तेस्रो स्थानमा रहेको अमेरिकाले भने ११ स्वर्ण, ११ रजत र ९ कास्य हात पार्दै कुल ३१ पदक जित्न सफल भएको छ। अमेरिका जारी ओलम्पिकमा सबैभन्दा धेरै पदक जितेको देश पनि हो।

यसैगरी, चौथौ स्थानमा रहेको रुसी ओलम्पिक कमिटीले ७ स्वर्ण, १० रजत र ६ कास्यसहित २३ पदक जित्दा ६ स्वर्ण, १ रजत र ९ कास्यसहित अस्ट्रेलिया पाँचौं स्थानमा छ। हालसम्म ३५ वटा देशले स्वर्ण पदक जित्न सफल भएका छन् भने कुल ६२ देशले कम्तिमा एउटा पदक हात पारेका छन्।

नेपाल भने सधैंझैं पदकविहिन छ। नेपालका चार जना खेलाडी तीनवटा खेलमा सहभागी भइसकेका छन्। जसमध्ये तीनजना खेलाडीले आआफ्नो स्पर्धामा राष्ट्रिय कीर्तिमान बनाएका छन्।

पदक तालिकाकाे पूर्ण सुची तल प्रस्तुत गरिएको छः

स्थानदेशस्वर्णरजतकास्यजम्मा
१.जापान१३२२
२.चीन१२२७
३.संयुक्त राज्य अमेरिका११११३१
४.रसियन ओलम्पिक कमिटी१०२३
५.अस्ट्रेलिया१६
६.ग्रेट ब्रिटेन१६
७.दक्षिण कोरिया११
८.जमर्नी१०
९.फ्रान्स
१०.नेदरल्यान्ड्स११
११.क्यानडा
१२.हंगेरी
१३.स्लोभेनिया
१४.कोसोभो
१५.इटाली१५
१६.स्विट्जरल्यान्ड
१७.चाइनिज ताइपेइ
१८.ब्राजिल
१९.जर्जिया
१९.रोमानिया
२१.सर्बिया
२२.अस्ट्रिया
२३.हङकङ
२३.ट्युनिसिया
२५.क्रोएसिया
२५.एस्टोनिया
२५.उज्वेकिस्तान
२८.बर्मुडा
२८.इक्वेडर
२८.फिजी
२८.इरान
२८.लात्भिया
२८.नर्वे
२८.फिलिपिन्स
२८.थाइल्यान्ड
३६.स्पेन
३६.न्यूजिल्यान्ड
३८.दक्षिण अफ्रिका
३९.इन्डोनेसिया
३९.मंगोलिया
४१.बेल्जियम
४१.चेक रिपब्लिक
४३.बुल्गेरिया
४३.कोलम्बिया
४३.डेनमार्क
४३.इन्डिया
४३.जोर्डन
४३.नर्थ मेसेडोनिया
४३.पाेल्यान्ड
४३.तुर्किमिनिस्तान
४३.भेनेजुएला
५२.काजकिस्तान
५२.युक्रेन
५४.इजिप्ट
५४.मेक्सिको
५४.टर्की
५७.अर्जेन्टिना
५७.आइभोरी कोस्ट
५७.क्युबा
५७.आयरल्यान्ड
५७.इजरायल
५७.कुवेत
नेपाल
Facebook Comments Box