आसन्न ओलम्पिकमा सहभागी हुन जापान पुगेका थप दुई खेलाडीमा कोरोना संक्रमण देखिएको छ। अमेरिकी जिम्न्यास्टिक र चेक गणतन्त्रका बिच भलिबल खेलाडी तथा अमेरिकी जिम्न्यास्टिक खेलाडीमा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो।
अमेरिकाको ओलम्पिक कमिटिले १८ वर्षिया कारा इकरलाई कोरोना देखिएको जनाएको हो। उनी जापान पुगेर उनी इन्जाई सिटीमा तयारी गरिरहेकी थिइन् ।
कोरोना पोजेटिभ देखिएपछि कारालाई आईसोलेसनमा बसेकी छन्। उनका प्रशिक्षक अल फोङ र क्लोज कन्ट्याक्टमा रहेकी अर्की एक खेलाडीलाई पनि आईसोलेसनमा राखिएको छ।
कारा टोकियो ओलम्पिकमा अमेरिकाको वैकल्पिक खेलाडी हुन् । अमेरिकाले जिम्न्यास्टिकमा ४ वैकल्पिक खेलाडीलाई जापान पठाएको थियो।
यस्तै, चेक गणतन्त्र ओलम्पिक कमिटीले आफ्ना बिच भलिबल खेलाडी अन्ड्रेज पेरुसिकमा पनि कोरोना संक्रमण देखिएको छ।
सोमबार मात्रै टोकियो ओलम्पिकमा सहभागिताका लागि गएका दक्षिण अफ्रिकाका फुटबल खेलाडी थाबिसो मोन्यन र कामोहेलो माह्लाट्सीमा संक्रमण पुष्टि भएको थियो। दक्षिण अफ्रिकाकै रग्बी प्रशिक्षक नील पावेललेको कोरोना परीक्षण रिपोर्ट पनि पोजिटिभ आएको छ। उनी आइसुलेट भएका छन्।
टोकियो ओलम्पिकमा सहभागी हुने ८ खेलाडीसहित ६१ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ।