टोकियो ओलम्किपका गौकिाले नेपाली झण्डा बोक्ने

आसन्न टोकियो ओलम्पिमा पौडी खेलाडी गौरिका सिंहले नेपालको झण्डा बोक्ने भएकी छिन्। नेपाल ओलम्पिक कमिटीले मंगलबार ओलम्पिक यात्रा नाममा पत्रकार सम्मेलन गर्दै यही जुलाई २३ देखि हुने टोकियो ओलम्पिकमा गौरिकाले नेपालको झण्डा बोक्ने जानकारी दियो।

ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले यस पटकको ओलम्पिकमा नेपालले राम्रो प्रदर्शन गर्ने अपेक्षा राखेको बताए । उनले यो पटक हामीले लामो समय तयारी गरेका छौं, लगानी गरेको भन्दै यस पटक राम्रो प्रदर्शन हुने आशा राखे।

जुलाई २३ देखि अगष्ट ८ सम्म जापानमा हुने ओलम्पिकमा ३३ खेलका ३३९ इभेन्ट हुनेछन् भने करीब ११ हजार खेलाडीले सहभागिता जनाउने छन् ।

Facebook Comments Box