टोकियो ओलम्पिक प्रमुखले दिए राजिनामा

टोकियो ओलम्पिकका प्रमुख योसिरो मोरील‍े राजीनामा दिएका छन् । महिलाबारे गरेको टिप्पणी विवादमा आएपछि मोरीले राजीनामा दिएका हुन् ।

८३ वर्षीय मोरीले माफी माग्दै राजिनामा थिएका हुन् । उनले महिलाहरुले धेरै कुरा गर्ने र महिला सदस्यहरु हुँदा निर्णय गर्न धेरै समय लाग्ने टिप्पणी गरेका थिए । उनको टिप्पणीको व्यापक आलोचना भएको थियो ।

मोरीले विशेष समिति बैठकमा माफी माग्दै राजिनामा दिएका हुन् । ‘मुख्य कुरा ओलम्पिक आयोजना गर्नु हो, मेरो कारणले ओलम्पिक आयोजनामा अवरोध होस् भन्ने म चाहँदिनँ,’ उनले भने ।

यस्तो टिप्पणीपछि उनीमाथि दबाब बढ्दै गएपछि राजीनामा आएको हो । मुख्य प्रायोजक टोयोटाले मोरीको टिप्पणीको आलोचना गरेको थियो । टोयोटाका अध्यक्ष अकिओ टोयोडाले कम्पनी निराश भएको प्रतिक्रिया दिएका छन् । मंगलबार जापानका महिला सांसदहरूको एउटा समूहले उनको टिप्पणीको विरोधमा सेतो लुगा लगाएको थियो, केही पुरुषहरूले पनि आन्दोलनमा साथ दिएका थिए।

मोरी यस्तो टिप्पणीपछि टोकियोका गभर्नर युरिको कोइकेले उच्चस्तरीय ओलम्पिक अधिकारीहरूको बैठकमा भाग नलिने बताएकी छिन् भने ओलम्पिकको स्वयमसेवाका लागि आवदेन दिएका ४ सय जनाले आवेदन फिर्ता लिएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.