ओलम्पिकमा अहिलेसम्म कुन देशले कति पदक जिते?

जापानको टोक्योमा जारी ओलम्पिक २०२० मा हालसम्म २४ स्वर्ण पदक विजेताको टुंगो लागिसकेको छ। शनिबारसम्म ११ वटा स्वर्ण पदकमात्र जितेकोमा आइतबार थप १३ स्वर्णपदक विजेताको छिनोफानो लागेको थियो।

यो समाचार तयार पार्दासम्म ६ स्वर्ण पदकसहित चीन शीर्षस्थानमा रहेको छ। एक रजत र चार कास्य पदक समेत हात पार्न सफल चीनले कुल ११ पदक जितेको छ।

आयोजक जापान घरेलु मैदानको फाइदा उठाउँदै हालसम्म दोस्रो स्थान ओगट्न सफल रहेको छ। जापानले ५ स्वर्ण र १ रजतसहित कुल ६ पदक जितेको छ। संयुक्त राज्य अमेरिका भने अहिलेसम्म तेस्रो स्थानमा सिमित छ। ४ स्वर्ण जितेको अमेरिकाले २ रजत र ४ कास्यसहित कुल पदक संख्या १० पु¥याएको छ।

यस्तै, दक्षिण कोरियाले दुईवटा स्वर्णपदक जितेको छ। २ स्वर्ण र ३ कास्यसहित कुल ५ पदक जितेको दक्षिण कोरिया पदक तालिकाको चौथा स्थानमा छ।

अहिलेसम्म कुल ११ वटा देशले स्वर्णपदक हात पारिसकेका छन्। उल्लेखित शीर्ष चार देश बाहेक रसिया ओलम्पिक कमिटी, इटाली, अस्ट्रेलिया, फ्रान्स, हंगेरी, ट्युनिसिया, अस्ट्रिया, इक्वेडर, इरान, कोसोभो, थाइल्यान्ड र उज्वेकिस्तानले समान एकएकवटा स्वर्ण पदक जितेका छन्।

हालसम्म पदकको खाता खोल्न सफल देशको संख्या भने ३५ पुगेको छ। नेपालले भने सधैंझैं पदकविहिन हुँदै सहभागिताको औपचारिकता पुरा गर्न बाहेक केही गर्न सकेको छैन।