टोक्यो ओलम्पिकमा प्रत्येक दिन खेलाडीको कोरोना परीक्षण

टोकियो ओलम्पिमका सहभागी हुने खेलाडीले हरेक दिन कोरोना भाइरसको परीक्षण गराउनु पर्ने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै यसै वर्ष जापनमा आयोजना हुने ओलम्पिकमा सहभागी खेलाडीको हरेक दिन कोरोना परीक्षण गर्नुपर्ने निर्णय गरेको छ।

यस्तै ओलम्पिक कमिटीले प्रतियोगितामा सहभागी खेलाडीले प्रतिस्पर्धा, प्रशिक्षण, खाने, पिउने र सुत्ने समय बाहेक अन्य समय मास्क लगाउनु पर्ने निर्णय गरेको छ । खेलाडीलाई कोरोनाविरुद्धको खोप भने अनिवार्य गरिएको छैन । टोकियो ओलम्पिकमा सहभागी हुने खेलाडी र पदाधिकारीहरुले अनिवार्य रुपमा ३ दिन क्वारेन्टिन भने बस्नु पर्ने छ।

यस पटकको ओलम्पिकमा विदेशी समर्थकलाई प्रवेश निषेध गरिएको छ । कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै विदेशी समर्थक अनुमति नदिने निर्णय गरेको हो ।

कोरोनाको कारण एक वर्ष सरेको टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ । विभिन्न खेलको प्रतिस्पर्धा जुलाई २१ बाट नै सुरु हुनेछ । जसमा फुटबल र बेसबल रहेको छ ।

औपचारिक उद्घाटन भने जुलाई २३ मा हुनेछ । ओलम्पिकमा ३३ खेलमा प्रतिस्पर्धा हुनेछ । कुल ३ सय ३९ पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.