ग्लोबल टि–२० लिगको प्लेअफको इलिमिनेटरमा नेपालका ‘ग्लोबल आइकन’ सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् । सन्दीपले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । हाईस्कोरिङ म्याचमा सन्दीप टोरन्टो नेसनल्सका सबैभन्दा किफायति बलर बने ।
सन्दीपले इलिमिनेटरमा उमर अकमल र सन्नी सोहलाईलाई आफ्नो शिकार बनाएका थिए । यसअघिका तीन खेलमा सन्दीपले ३ विकेट लिएका थिए ।
यस्तै ब्याटिङमा पनि टोरन्टोले उत्कृष्ट प्रदर्शन गर्यो । उसका विकेटकिपर ब्याट्सम्यान हेनरिच क्लासनले विस्फोटक ब्याटिङ गर्दै शतकीय योगदान दिए । तर, सन्दीप र क्लासनको उत्कृत्ष्ट प्रदर्शनका बाबजुद टोरन्टो भने २ रनले पराजित भयो ।

टसजितेर विन्निपेग हक्सले फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको टोरन्टोले २३८ रनको विशाल योगफल खडा ग¥यो । तर, २३९ रनको लक्ष्य पछ्याएको हक्सले १७.१ ओभरमा ५ विकेट गुमाउँदै २०१ रन बनाउँदा वर्षाले खेल रोकिएपछि खेलको निर्णय डकवर्थ लेविस नियमबाट गरिएको थियो । १७.१ ओभरमा हक्सलाई जितका लागि २ सय रन चाहिएको थियो । खेल रोकिँदा उसले २०१ रन बनाएका होक्स २ रनले विजयी भयो ।
हक्सलाई जित दिलाउने क्रममा जेपी डुमिनीले विस्फोटक ब्याटिङ गर्दै ८४ रन बनाए । उनले ४१ बलमा ८ चौका र ५ छक्का प्रहार गरे । यस्तै, रायद इमरिटले १५ बलमा ३३, सन्नी सोहलले २९ बलमा ३६ र क्रिस लिनले १३ बलमा २१ रन बनाए ।
सन्दीप बाहेकका अन्य बलर महँगो सावित भएपछि टोरन्टो इलिमिनेटरबाटै बाहिरियो । टोरन्टोका सन्दीपका अलावा जेरेमी गोर्डन, क्रिस ग्रिन र केइरन पोलार्डले समान १ विकेट लिए ।
यसअघि पहिला ब्याटिङ गरेको टोरन्टोले हेनरिच क्लासनको शतकको मद्दतमा ५ विकेटको क्षतिमा २३८ रन बनायो । विस्फोटक ब्याटिङ गरेका क्लासनले ४९ बलमा ११ चौका र ५ छक्का प्रहार गरे । यस्तै, रोड्रिगो थोमसले ४० बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै ७३ रन बनाए ।
हक्सका मोहम्मद इरफान र कलिम सानले २–२ विकेट लिए भने समइमन अनवरले १ विकेट लिए । यता, हक्सको प्लेइङ सेटमा नेपाली अलराउन्डर सोमपाल कामी भने पर्न असफल भएका थिए ।