°
, June 2, 2023 in

केन चम्किँदा टोटनहमको सानदार जित

SHARE:

इंग्लिस प्रिमियर लिगमा टोटनहम विजयी भएको छ। बुधबार राति भएको खेलमा ह्यारी केन चम्किएपछि टोटनहमले क्रिस्टल प्यालेसमाथि ४–० को जित निकाल्यो ।

खेलमा ह्यारी केनले दुई गोल गरे भने म्याट डोहर्टी र सन ह्वेङ–मिनले गोल गरे । पहिलो हाफसम्म गोरहित बराबरीमा रहेको खेलको दोस्रो हाफमा टोटेनहमले प्रभावशाली प्रदर्शन गरेको थियो ।

४८औँ मिनेटमा इभान पेरिसिचको पासमा ह्यारी केनले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। त्यसको ५ मिनेटपछि बार्यन ग्रिलको पासमा केनले नै दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे।

६८ औँ मिनेटमा माट डोहार्डीले गोल गर्दा पाहुना टोलीले ३ ( ० को अग्रता बनायो। ७२ औँ मिनेटमा सन ह्युगले गोल गर्दै टोटेनहमले फराकिलो जित हात पारेको हो। पछिल्ला ५ खेलमा टोटेनहमको यो दोस्रो जित हो।

यो जितसँगै १८ खेलमा ३३ अंक बनाएको टोटेनहम पाँचौ स्थानमा यथावत छ। उसले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको अंक दूरी २ मा झारेको छ भने तेस्रो स्थानको न्युक्यासल र चौथो स्थानको म्यानचेस्टर युनाइटेडसँगको दूरी १ मा कायम राखेको छ।

अन्य खेलमा नटिङ्घम फरेस्टले साउथह्याम्पटनलाई १–० ले हरायो र रेलिगेसन क्षेत्र छाड्न सफल रह्यो । फरेस्टको १७ अंक भएको छ र १५ औं स्थानमा उक्लेको छ । यस्तै, लिड्स युनाइटेड र वेस्ट ह्यामले २–२ तथा एस्टन भिल्ला र उल्भ्सले १–१ को बराबरी खेले ।

SHARE: