°
, June 1, 2023 in

केनको कीर्तिमानी गोलमा सिटीमाथि टोटनहमको जित, फाइदा आर्सनललाई

SHARE:

ह्यारी केनको कीर्तिमानी गोल मद्दतमा टोटनहम विजयी भयो। आइतबार राति भएको खेलमा टोटनहमले म्यान्चेस्टर सिटीलाई १–०ले हरायो।

यो गोलसँगै ह्यारी केन टोटनहमका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । केनले टोटनहमका लागि कीर्तिमानी २६७औं गोल गरेका हुन् । उनले जिम्मी ग्रिभ्सको नाममा रहेको २६६ गोलको कीर्तिमानलाई पछि पारे ।

२९ वर्षीय केनले प्रिमियर लिगमा दुई सय गोल समेत पूरा गरेका छन् । उनी लिगमा सर्वाधिक गोल गर्ने खेलाडीमा तेस्रो स्थानमा छ । एलान सियररले २६० र वायन रुनीले २०८ गोल गरेका छन् । केनले सन् २०११ मा टोटनहमका लागि पहिलो गोल गरेका थिए ।

केनले खेलको १५औं पिएरे होएवर्गको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यहि गोल टोटनहमलाई जिताउन निर्णायक बन्यो । ८७औं मिनेटमा क्रिस्टियन रोमेरोले रातो कार्ड पाएपछि टोटनहमले दश खेलाडीमा रहेर अलको अन्त्य गरेको थियो।

यसको फाइदा शीर्ष स्थानको आर्सनललाई पनि भयो । सिटी पराजित भएपछि आर्सनलले शीर्ष स्थानमा ५ अंकको अग्रता कायम राखेको छ ।

टोटनहमसँग पराजित हुँदा सिटीको उपाधि अभियानमा धक्का लागेको छ । सिटीले आर्सनलसँग अंकदुरी २ मा झार्ने अवसर गुमायो ।

सिटीको २१ खेलबाट ४५ अंक छ । एक खेल कम खेलेको आर्सनलले ५० अंक छ । २२ खेलबाट ३९ अंकसहित टोटनहम पाँचौ स्थानमा छ ।

SHARE: