म्यान्चेस्टर सिटीमाथि जित निकाल्दै टोटनह्याम प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा टोटनह्यामले सिटीलाई २–०ले हरायो ।
जितसँगै ९ खेलमा २० अंकसहित टोटनह्याम शीर्ष स्थानमा उक्लिएको हो । ८ खेलमा १२ अंक जोडेको सिटी भने ११औं स्थानमा छ । १८ अंक जोडेको चेल्सी दोस्रो स्थानमा छ ।
सिटीले बल पोजिसन र गोलको धेरै अवसर सिर्जना गरेपनि टोटेनहमले खेलमा बाजी मार्यो । टोटनह्यामको जितमा सन ह्युङ मिन र जियोवानी लो सेलोले गोल गरे । टोटेनहमले लिगमा लगातार चार खेलमा जित निकालेको हो ।
खेलको पाँचौ मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ६५ औं मिनेटमा ह्यारी केनको पासलाई सदुपयोग गर्दै जियोवानी लो सेलोले घरेलु टोलीका लागि दोस्रो गोल गरेका थिए ।

दुवै टोलीका पहिलो हाफमा गरिएका गोललाई रेफ्रीले अफसाईड दिएका थिए । ह्यारी केनले अफ साईड विट गर्दै गरेको गोललाई रेफ्रीले मान्यता दिएनन् । ग्याब्रियल जिससले डिबक्स भित्रबाट गरेको गोललाई रेफ्रीले ह्यान्ड बल दिइएको थियो ।
शनिबार राति नै भएको खेलमा न्युक्यासललाई २–०ले हराएको छ । चेल्सीको जितमा टमी अब्राहमले १ गोल गरे भने अर्को गोल उपहार पाएको थियो । यस्तै, ब्रुनो फर्नान्डेसले पेनाल्टीमा निर्णायक गोल गरेपछि म्यान्चेस्टर युनाइटेडले वेस्टब्रुमलाई १–०ले हरायो । अर्को खेलमा ब्राइटनले एस्टन भिल्लालाई २–१ ले हराएको छ ।