°
, June 7, 2023 in
0

युरोपा लिग छनोटमा टोटनह्याम र एसी मिलान विजयी

SHARE:

युरोपा लिग फुटबल प्रतियोगिताको दोस्रो चरणको छनोटमा इंग्लिस क्लब टाटनह्याम र इटालियन क्लब एसी मिलान विजयी भएका छन् । बिहीबार राति भएको खेलमा टोटनह्यामले लोकोमोटिभ प्लोभडिभलाई २–१ले पराजित गर्दा एसी मिलानले सामरक रोभर्सलाई २–०ले हरायो ।

टोटनह्यामले बुल्गेरियन क्लबविरुद्ध पछि परेको अवस्था उल्टाउँदै कठीन जित निकाल्यो । प्लोभडिभ र टोटनह्यामबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ७१औं मिनेटमा प्लोभडिभका जिओर्जी मिन्चेभले गोल गर्दै घरेलु टोलिलाई अग्रता दिलाए ।

त्यसपछि टोटह्याम दबाबमा आयो । ८०औं मिनेटमा टोटनह्यामले पेनाल्टी पायो, ह्यारी केनले गोल गर्दै खेललाई बराबरीमा ल्याए । डेनिस अल्मेडाले पोस्टतर्फ गएको बललाई हातले रोकेपछि टोटनह्यामले पेनाल्टी पाएको थियो भने अल्मेडाले रातो कार्ड पाएका थिए ।

केही मिनेटपछि नै बिर्सेन्ट कारागारेनले पनि रातो कार्ड पाए पनि प्लोभडिभ ९ खेलाडीमा सीमित भएको थिया् । त्यसपछि भने टोटनह्या खेलमा हाबी भएको थियो । ८५औं मिनटमा टान्गी डोम्बेलेले गोल गर्दै टोटेनह्यामलाई जित दिलाए ।

यसैगरी बिहीबार राति नै भएको खेलमा एसी मिलानले आयरल्याण्डको सामरक रोभर्सलाई २–०ले पराजित गरेको छ । डब्लिनमा भएको खेलमा मिलानलाई जित दिलाउन ज्लाटन इब्राहिमोभिच र हकान कलहानोग्लुले एक गोल गरे ।

२३ औं मिनेटमा इब्राहिमोभिचको गोलमा मिलानले अग्रता लिएको थियो । ६७ औं मिनेटमा कलहानोग्लुले गोल गरेपछि मिलानले २–० को जित निकाल्यो ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *