टोटनहम इंग्लिस प्रिमियर लिगको शीर्ष ४मा फर्किएको छ। आइतबार राति भएको खेलमा टोटेनहमले वेस्टहमलाई २(०ले हराउँदै टोटन हम शीर्ष ४मा फर्किएको हो।
टोटेनहमको जितमा इमर्सन र सन ह्युङ मिनले एक गोल गरे। ५६औं मिनेटमा इमर्सनले गोल गर्दै टोटेनहमलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ७२ औं मिनेटमा सनले गोल गर्दै टोलीको जित पक्का गरे ।
जितसँगै टोटेनहम लिगको चौंथो स्थानमा उक्लिएको छ। टोटेनहमले २४ खेलमा ४२ अंक जोडेको छ भने वेस्टहम २० अंक जोडेर १८ औं स्थानमा छ ।