टोटनहमले विन्टर ट्रान्सफरको डेटलाइन डेमा युभेन्टसका २ खेलाडी अनुबन्धन गरेको छ । उसले युभेन्टसबाट मिडफिल्डरद्वय डजन कुलुसेस्की र रोड्रिगो बेन्टान्कुरलाई अनुबन्धन गरेको हो।
टोटनहमले उरुग्वेयन मिडफिल्डर बेन्टानकुरलाई स्थायी अनुबन्धन गरेको हो भने स्वीडिस खेलाडी कुलुसेस्कीलाई लोनमा अनबुन्धन गरेको हो।
टोटनहमले २४ वर्षीय बेन्टान्कुरलाई १९ मिलियन युरोमा अनुबन्धन गरेको छ। उसले प्रदर्शनका आधारमा थप ६ मिलियन युरो पनि युभेन्टसलाई दिनेछ। बेन्टान्कुरले टोटनहमसँग साढे ३ वर्षको सम्झौता गरेका छन्।
यता, २१ वर्षीय कुलुसेस्कीलाई टोटनहमले सिजनको अन्त्यसम्मका लागि लोनमा अनुबन्धन गरेको हो।