एजेन्सी । टोटनह्याले अर्को प्रियिमर लिग क्लब वुल्भ्सका डिफेन्डर अनुबन्धन गरेको छ । टोटनह्यामले राइट ब्याक माट दोहर्टीलाई अनुबन्ध गरेको छ ।
रिपब्लिक अफ आयरल्याण्डका २८ वर्षीय डिफेन्डर माटले टोटेनहमसँग ४ वर्षको सम्झौता गरेका छन् । उनलाई भित्र्याउन टोटनह्यामले १४.७ मिलियन युरो खर्चियो ।
ठुलो क्लबमा अनुबन्ध हुन पाउँदा गौरव अनुभव भएको उनले बताएका छन् । उनले क्लबका लागि शतप्रतिशत दिने बताएका छन् । टोटनह्याममा उनले २ नम्बर जसरी लगाउने छन् ।
माट उल्भ्स दोस्रो डिभिजनमा हुँदै सन् २०१०मा क्लबमा आएका थिए । उनले ३४१ खेल खेल्दै ३३ गोल गरेका छन् । गत सिजन उनले ३६ प्रिमियर लिग खेलमा ४ गोल गरेका थिए । रिपब्लिक अफ आयरल्याण्डका लागि उनले ९ खेलमा १ गोल गरेका छन् ।