प्रिमियर लिगमा न्युकासल युनाइटेडले सानदार जित निकालेको छ। घरेलु मैदान सेन्ट जेम्स पार्कमा भएको खेलमा न्युकासलले टोटनहमाथि ६–१को फराकिलो जित निकाल्यो।
यो जितपछि न्युकासल म्यान्चेस्टर युनाइटेडलाई पछि पार्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। न्युकासलको ३१ खेलमा ५९ अंक भएको छ भने एक खेल कम खेलेको युनाइटेडको पनि ५९ अंक नै छ। ३२ खेलमा ५३ अंक जोडेको टोटेनहम पाँचौं स्थानमा छ।
न्युकासलले टोटनहमविरुद्ध पहिलो २१ मिनेटभित्रै पाँच गोल गरेको थियो। उसले जाकोब मर्फीको गोलमा दोस्रो मिनेटमै अग्रता लियो। छैटौं मिनेटमा जोएलिन्टनले टिमको अग्रता दोब्बर बनाए। नवौँ मिनेटमा मर्फीले नै टिमका लागि तेस्रो गोल गरे।
त्यसपछि एलेक्जान्डर इसाकले २ मिनेट अन्तरमा २ गोल गरेपछि खेलमा न्युकासलले २१ मिनेटभित्रै ५–०को अग्ग्रता बनायो । उनले १९औं र २१औं मिनेटमा गोल गरेका थिए।
खेलको ४९ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहमको अग्रता कम गरे। तर, ६७ औं मिनेटमा कालुम विल्सनले गोल गर्दै न्युकासललाई ६(१ को जित दिलाए ।