जितका साथ सुरु गर्‍यो टोटनह्यामले नयाँ वर्ष

इंग्लिस प्रिमियर लिग क्लब टोटनह्यामले जितका साथ सन् २०१९ को सुरुवात गरेको छ । प्रिमियर लिगअन्तर्गत मंगबार राति भएका खेलमा टोटनह्यामले कार्डिफ सिटीलाई पराजित गर्दै जितका साथ नयाँ वर्षको सुरुवात गरेका हुन् ।

टोटनह्यामको घेरलु मैदान बेम्बलीमा भएको खेलमा उसले नवप्रवेशी कार्डिफ सिटीलाई ३–० ले पराजित गर्‍यो । टोटनहयमलाई सहज जित दिलाउन ह्यारी केन, क्रिस्टियन एरिक्सन र सन ह्युङ मिनले १–१ गोल गरे । कार्डिफविरुद्ध टोटनह्यामले तेस्रो मिनेटमै अग्रता लियो । उसका ह्यारी केनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

म्याच्य फ्याक्ट्स

१) प्रिमियर लिगमा कार्डिफविरुद्ध टोटनह्यामले जितको यात्रालाई निन्तरता दियो । टोटनह्यामले इपिएलमा कार्डिफलाई ४ पटक पराजित गरिसकेको छ । योभन्दा बढी प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले बोर्नेमाउथलाई ७ पटक र आर्सनलले रिडिङलाई ६ पटक पराजित गरेका छन् ।
२) इंग्लिस प्रिमियर लिगको यस सिजन टोटनह्याम कुनै पनि खेलमा बराबरीमा रोकिएको छैन । उसले २१ मध्ये १६ खेल जितेको छ भने ५ खेल गुमाएको छ । प्रिमियर लिगको २१ वा सोभन्दा बढी खेलमा कुनै क्लब बराबरीमा नरोकिउको यो नवौं पटक हो ।
३) सन् २००८ को पहिलो खेलमा एस्टन भिल्लासँग २–१ ले पराजित भएयता टोटनह्याम नयाँ वर्षको पहिलो खेलमा अपराजित छ ।

यसैगरी १२ मिनेटमा एरिक्सनले गोल गर्दै टोटनह्यामको अग्रता दोब्बर बनाए । उनले ह्युङ मिनको पासलाई सदुपोग गर्दै गोल गरे । यसैगरी एकपक्षीय खेलको २६औं मिनेटमा ह्यारी केनको पासमा ह्युङ मिनले गोल गरेपछि टोट्नह्यामले पहिलो हफको ३० मिनेट नबित्दै ३–० को अग्रता बनायो ।

पहिलो हाफमै ३–० को अग्रता लिएको टोटनह्यामलाई दोस्रो हाफमा उत्कृष्ट खेल प्रदर्शन गर्दै कार्डिफले कुनै गोल गर्न दिएन ।

कार्डिफविरुद्धको सहज जितसँगै टोटनहयम अंक तालिकको दोस्रो स्थानमा उक्लिएको छ । २१ खेलमा १६ जित र ५ हार को सामाना गरेको टोटनह्यामको ४८ अंक छ । २० खेलमा ५४ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ । यता कार्डिफ भने १८ अंक जोड्दै १६ औं स्थानमा छ ।

खेलमा टोटनहयमले ७४ प्रतशित बल नियन्त्रणमा लिँदै कार्डिफको पोस्टमा १२ सट प्रहार गरेको थियो । जसमध्ये ४ सट टार्गेटमा थियो । यस्तै कार्डिफले भने ६ मध्ये ३ सट फ्रेममा प्रहार गरेको थियो ।