नेपाल त्रिकेट संघ (क्यान)ले आयोजना गरेको त्रिकोणात्मक टि–२० सिरिज खेल्न नेदरल्यान्ड्स र मलेसियाको टिम नेपाल आइपुगेको छ। सिरिज खेल्ने दुवै देशका टिम मंगलबार नेपाल आइपुगेका हुन्।
वैशाख ४ देखि ११ गतेसम्म अयोजना हुने प्रतियोगिताका कीर्तिपुरस्थित टियू मैदानमा अयोाजना हुने छ। प्रतियोगिका खेल दिउँसो १ः१५ बाट सुरु हुने छ।
टियू मैदानमा हुने सिरिजको उद्घाटन खेलमा वैशाख ४ गते नेपाल र नेदरल्यान्ड्स भिड्न् छन् । यस्तै, नेपालले दोस्रो खेलमा वैशाख ६ गते मलेसियासँग खेल्ने छ भने तेस्रो खेल खेल नेदरल्यान्ड्ससँग वैशाख ७ गते खेल्नेछ । नेपालले लिग चरणको अन्तिम खेल मलेसियासँग वैशाख ९ गते खेल्ने छ।
डबल राउन्ड रोबिन लिगका आधारम हुने प्रतियोगितामा लिगका शीर्ष दुई टिम फाइनल पुग्ने छन् । लामोसमयसम्म अन्तर्राष्ट्रिय प्रतियोगिता नभएपछि क्यनले त्रिकोणात्मक सिरिज आयोजना गरेको हो।