टियू मैदानमा वैशाख पहिलो सता आयोजना हुने त्रिकोणात्मक टि–२० सिरिजको तालिका सर्वाजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल, नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक टि–२० सिरिजको तालिका बिहीबार सार्वजनिक गरेको हो।
वैशाख ४ देखि ११ गतेसम्म कीर्तिपुरस्थित टियू मैदानमा हुने सिरिजको उद्घाटन खेल नेपाल र नेदरल्यान्ड्स भिड्न् छन् । यस्तै, नेपालले दोस्रो खेलमा वैशाख ६ गते मलेसियासँग खेल्ने छ भने तेस्रो खेल खेल नेदरल्यान्ड्ससँग वैशाख ७ गते खेल्नेछ । नेपालले लिग चरणको अन्तिम खेल मलेसियासँग वैशाख ९ गते खेल्ने छ।
डबल राउन्ड रोबिन लिगका आधारम हुने प्रतियोगितामा लिगका शीर्ष दुई टिम फाइनल पुग्ने छन् । प्रतियोगिताका खेल टियू मैदानमा १२ः१५ र २ः१५मा सुरु हुने छन् लामोसमयसम्म अन्तर्राष्ट्रिय प्रतियोगिता नभएपछि क्यनले त्रिकोणात्मक सिरिज आयोजना गरेको छ ।

प्रतियोगितका लागि नेपालले मंगलबरबाट बन्द प्रशिक्षण सुरु गरेको छ । बन्द प्रशिक्षणमा २० खेलाडी सहभागी छन्।