विभागीय टिम त्रिभुवन आर्मी क्लब फुटबल क्लबका रुपमा दर्ता भएको छ । एसियाली फुटबल महासंघ (एएफसी)को क्लब लाईसेन्सिङको प्रक्रियामा रहेको आर्मी क्बल छुट्टै क्लबका रुपमा राष्ट्रिय खेलकुद परिषद्मा भएको छ ।
विभागीय टिमले राखेपमा त्रिभुवन आर्मी फुटबल क्लबको रुपमा नयाँ क्लब दर्ता गरेको छ । विभागीय टिम आर्मीले यसअघि त्रिभुवन आर्मी क्लबको नाममा फुटबल सहित सबै खेलमा सहभागी र प्रतिस्पर्धा गर्दै आएको छ ।
एएफसीको क्लब लाईसेन्स प्राप्तिका लागि आर्मी बेग्लै फुटबल क्लबको रुपमा दर्ता हुनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएपछि आर्मीले छुट्टै फुटबल क्लब दर्ता गरेको हो ।
राखेपमा बेग्लै फुटबल क्लब दर्ता भएपछि आर्मीले एएफसीको क्लब लाईसेन्सका लागि आवश्यक सबै प्रक्रिया पुरा गरेको छ । प्रक्रिया समयमै अघि बढेको खण्डमा आर्मी एएफसीको क्लब लाईसेन्स पाउने नेपालको पहिलो क्लब बन्नेछ ।
लाईसेन्सले आर्मीलाई एएफसीका प्रतियोगितामा सहभागीता जनाउन अवसर दिनेछ । एएफसीले नेपालसहितका राष्ट्रलाई क्लब लाईसेन्सिङ अनिवार्य गरेको छ । लामो समय बितिसक्दा समेत नेपालले घरेलु फुटबलमा क्लब लाईसेन्सिङ प्रणाली लागु गर्न सकेको छैन ।
एएफसीले क्लब लाईसेन्स प्राप्त गर्न बित्तिय, पूर्वाधार सहितका मुख्य ५ मापदण्ड बनाएको छ । लाईसेन्स पाउन क्लबले मुख्य ५ मापदण्डभित्र थप २९ वटा मापदण्ड पुरा गर्नुपर्ने हुन्छ । तर शीर्ष डिभिजन क्लबकै अभ्यास गर्ने समेत मैदान नभएको नेपालमा क्लब लाईसेन्सिङ लागू गर्न कठिन देखिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले १३ वटा क्लबको क्लब लाईसेन्सिङका लागि एएफसीमा पत्राचार गरेको थियो । तर एएफसीले मापदण्ड नपुगेको भन्दै १३ क्लबलाई लाईसेन्स दिन नसकिने बताएको थियो ।