°
, June 1, 2023 in

ट्रोसाड र किबिओर भित्र्याउँदै आर्सनल

SHARE:

सन् २००३÷०४ पछि पहिलो पटक प्रियिमर उपाधितर्फ अग्रसर भएको आर्सनलले जनवरी ट्रान्सफर विन्डोमा २ खेलाडी अनुबन्धन गर्ने पक्का भएको छ। आर्सनलले अर्को प्रिमियर लिग क्लब ब्राइन्टनबाट बेल्जियन विंगर लिअनार्दो ड्रोसाड र इटालियन क्लब स्पेजिआबाट सेन्ट्रेल डिफेन्डर ज्याकुब किबिओर भित्र्याउने पक्का भएको हो।

दुवै खेलाडी आर्सनल आउने पक्का भएको छ। तर, औपचारिक सम्झौता भने हुन बाँकी छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसर दुवैसँग आर्सनलले ४८ घण्टाभित्र सम्झौता गर्नेछ।

यो सिजन निकै फर्ममा रहेका २८ वर्षीय विंगर ट्रोसाडका लागि आर्सनलले २१ मिलियन पाउण्ड खर्चने छ। सन् २०१९ देखि ब्राइटनका लागि खेलिरहेका उनले १२२ खेलमा २५ गोल गरेका छन्। यो सिजन मात्रै उनले १६ खेलमा ७ गोल गरेका छन्।

यस्तै, पोल्यान्ड २२ वर्षीय डिफेन्डर किबिओरका लागि आर्सनलले २० मिलियन युरो खर्चने छ। उनी सन् २०२१ मा स्पेजिआ आएका उनले ३७ खेल खेलेका छन्। पोल्यान्डबाट उनले ९ खेल खेलेका छन्।

SHARE: