भूकम्पमा परी टर्किस गोलकिपर तुकास्लानको मृत्यु

टर्किस गोलकिपर अहमेत एयुप तुकास्लानको आफ्नै देशमा भूकम्पमा परेर मृत्यु भएको छ। अहमेतको मृत्यु भएको उनको क्लब येनी मालत्यास्पोरले पुष्टि गरेको छ ।

‘हाम्रा गोलकिपर अहमेट एयुप तुकास्लान भूकम्पमा परि निधन भएको छ । हार्दिक श्रद्धान्जली,’ क्लबले आफ्नो ट्वीटरमा लेखेको छ, ‘सुन्दर व्यक्ति तपाईलाई हामी बिर्सने छैनौं।’

सोमबार गएको विनाशकारी भूकम्पमा परी टर्की र सिरियामा ८ हजारले ज्यान गुमाएका छन्।

२८ वर्षीय तुकास्लानले सन् २०२१ मा टर्कीको दोस्रो डिभिजन क्लब येनी मालत्यास्पोमा आबद्ध भएपछि ६ पटक खेलेका थिए।

Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post अन्जनी र मिनु आईबिए वुमन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा छनौट
Next post ब्राजिलियन क्लब फ्लेमेङ्गोलाई हराउँदै साउदी क्लब अल हिलाल क्लब विश्वकपको फाइनलमा
Close