क्लब फुटबलफुटबलसमाचार

यू–१४ अन्तर स्कुल फुटबल हुने, एनएमबी बैंकको प्रायोजन

एनएमबि–कपअन अन्तर स्कुल यू–१४ फुटबल प्रतियोगिता हुने भएको छ। प्रतियोगिता साउन २४ देखि २६ गतेसम्म हुने बुढालनिलकण्ठ–१० स्थित कपअन स्पोर्ट्स सेन्टरमा हुने छ।्

इन्डोर फुटबल ग्राउन्डमा तीन दिन सञ्चालन हुने यू–१४ फुटबल प्रतियोगिताको लागि आयोजक कपअन स्पेर्ट्स सेन्टरले बुधबार एनएमबी बैंकसँग प्रायोजन सम्झौता गरेको छ।

सम्झौता–पत्रमा कपअन स्पोर्ट्स सेन्टरका प्रमुख कार्यकारी अधिकृत दामोदर भट्टराई र एनएमबी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले हस्ताक्षर गरे।

कपअन स्पोर्ट्स सेन्टरले युवा खेलाडी उत्पादनका लागि विभिन्न काठमाडौं किकर्स फुटबल एकेडेमी सञ्चालन गरिरहेको छ।

कपनअन स्पोर्ट्स सेन्टरका प्रमुख कार्यकारी अधिकृत भट्टराईले ग्रासरुट फुटबलको विकासको लागि प्रतियोगिता आयोजना गर्न लागिएको बताए।

प्रतियोगितामा काठमाडौं उपत्यकाका १६ वटा विद्यालयका छात्रको टिम सहभागी हुने छन्। प्रतियोगिता लिगकम नकआउटको आधारमा हुनेछ।