यु–१४ टेनि : प्रशंसा, आद्या र स्वस्तिका क्वाटरफाइनलमा

Read Time:2 Minute

नेपालका प्रशंसा मोक्तान, आद्या पौडेल र स्वस्तिका विष्ट २०औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को गल्र्स सिंगल्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

सातदोबाटोस्थित टेनिस कोर्टमा प्रशंसाले माल्दिभ्सकी नबा निशानलाई ७–५ र ७–५, आद्याले ओमानकी आइशा अल बुसाइदीलाई ६–३ र ६–३ तथा स्वस्तिकाले भारतकी हनी जुमानी गौरवलाई ६–३ र ६–० को सोझो सेटमा पराजित गरे।

मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्समा नेपालका राजवीर प्रधानले हङकङका यु हिन वोङलाई सीधा सेटमा ६–० र ६–२ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

सोही स्पर्धामा भारतका सिद्धार्थ जिबु, हङकङका छियोन हेइ करिसन फुङ, भारतका इशान बदाकी, भारतका भिभान मिर्धा, हङकङका वान हिम दोनोभान यिम र कि छियोन मोरिस ताङ तथा पाकिस्तानका जोहेब अफ्जल मलिक पनि आ–आफ्नो प्रतिद्वन्द्वीलाई पाखा लगाउदै क्वाटरफाइनलमा पुगे।

ब्वाइज डबल्समा भारतका इशान र सञ्जय गिरिस कुमार, पाकिस्तानका जोहेब र यमनका हमुद इयाद, बंगलादेशका नसफ अहमद नासिर र भारतका अर्श वाल्के तथा भारतका सिद्धार्थ र भिभानको जोडीले क्वाटरफाइनलमा स्थान बनाए।

गल्र्स डबल्समा नेपालकी प्रशंसा र भारतकी तनिशा भत्नागर, भारतकी हनी र नेपालकी प्राज्ना मानन्धर, नेपालकी स्वस्तिका र भारतकी सान्भी रेडी भुन्द्याला तथा नेपालका जेनी खड्का र समृद्धि महर्जनको जोडीले सेमिफाइनलमा स्थान पक्का गरे।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post ब्युनस आयर्समा विश्व च्याम्पियनको भव्य स्वागत
Next post सुमन र इशानले भारतमा नेपाललाई दिलाए स्वर्ण
Close