यू–१४ टेनिस : आयुश अझै अपराजित, पुगे सेमिफाइनल

Read Time:3 Minute

नेपालका आयुशमान हजुर घले २० औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–१ को ब्वाइज सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन्।

सातदोबाटोस्थित टेनिस कोर्टमा अपराजित यात्रालाई कायम राख्दै क्वाटरफाइनलमा आयुशले हङकङका यु हिन वोङलाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरे । सो स्पर्धामा नेपालबाट आयुशसहित ७ खेलाडी सहभागी थिए । बाँकी ६ को चुनौती सकिएको छ।

ब्वाइज सिंगल्समै बंगलादेशका मोहम्मद तन्विर मुन तुसारले यमनका हमुद इयादलाई ६–३ र ६–३, भारतका सिद्धार्थ जिबुले बंगलादेशका मोहम्मद अलिफ होसेनलाई ६–१ र ६–१ तथा भारतका भिभान मिर्धाले हङकङका चुन हेइ काइसन फुङलाई ६–० र ६–४ को सोझो सेटमा हराउदै सेमिफाइनलमा स्थान बनाए ।

नेपाल टेनिस संघको सहयोगमा मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको गल्र्स सिंगल्समा शीर्ष तीन स्थानको पदक नेपाली खेलाडीले निश्चित गरेका छन् । चारै खेलाडी सेमिफाइनल पुगेसंगै नेपालको शीर्ष तीन स्थानको पदक पक्का भएको हो । क्वाटरफाइनलमा चारै नेपाली खेलाडीले भारतीय खेलाडीलाई पाखा लगाए । नेपालबाट ८ गल्र्स खेलाडीले प्रतिस्पर्धा गरेकोमा ४ बाहिरी सके।

प्रशंसा मोक्तानले प्रेरणा सन्ट्रालाई ६–० र ६–०, शिभाली गुरुङले तनिशा भत्नागरलाई ७–५ र ६–३, आद्या पौडेलले सान्भी रेडी भ्युन्द्यालालाई ६–३, १–६ र ७–६९३० तथा स्वस्तिकाले भारतकी हनी जुमानी गौरवलाई ६–४ र ६–४ को सेटमा पाखा लगाए । सेमिफाइनलमा प्रशंसाको भेट शिभालीसंग हुनेछ भने आद्याले स्वस्तिका विरुद्ध खेल्ने छिन्।

ब्वाइज डबल्समा बंगलादेशका अलिफ होसेन र मुन तुसार, हङकङका फुङ र छियोङ मोरिस ताङ, भारतका सिद्धार्थ र भिभान, भारतकै सञ्जय गिरिश र किशोर श्रीराम तथा पाकिस्तानका जोहेब अफ्जल मलिक र यमनका हमुदले क्वाटरफाइनलमा स्थान पक्का गरे।

गल्र्स डबल्समा नेपालका स्वस्तिका विष्ट र शिभाली गुरुङको जोडीले नेपालकी प्राज्ना मानन्धर र अमेरिकाकी नाला जोस्फिल मास्केलाई ६–१ र ७–५ ले पन्छ्याउदै फाइनलमा पुगे।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post बंगलादेशमा विश्वरामले दिलाए नेपाललाई पदक
Next post हिटिङ पौडी पोखरी शुक्रबारदेखि सर्वसाधारणका लागि खुल्ने
Close